ताराको देऊ न माया नम्बर


ब्यूटी न्यूज नेपाल
काठमाडौं, १० असोज
गीतकार तारा अधिकारीको शब्द रहेको गीत ‘देऊ न माया नम्बर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो निर्देशन अधिकारी आफैंले गरेकी छन् ।

किशोर विश्वकर्माको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको गीतमा किशोर विश्वकर्मा र सुनिता कार्कीको स्वर छ । कुमार केसीको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ रहेको गीत फिल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।

भिडियो गीतकार ताराको अफिसियल युट्युब च्यानल सुनौलो तारा मोसन पिक्चर्समा अपलोड गरिएको छ । भिडियोमा सङ्गीतकार तथा गायक किशोर विश्वकर्मा र रोशनी कार्कीको फिचर्ड छन् । भिडियोमा शिव ढकालको छायाङ्कन र नहकुल खड्काको सम्पादन रहेको छ ।