दीपक र मेलिनाको तिम्रो हुने मन छ


ब्यूटी न्यूज नेपाल
काठमाडौं, १० असोज
गायक दीपक लिम्बू र गायिका मेलिना राईको स्वर रहेको ‘तिम्रो हुने मन छ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गत शुक्रबार शुक्रबार गायिका मेलिना राई, गीतकार तथा सङ्गीतकार विद्या चाम्लिङ राई, निर्देशक भुपेन्द्र तुम्बाहाम्फे लिम्बूलगायत कलाकारको सहभागितामा गीतको पोष्टरसँगै गीतकार राईको युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो निर्देशक एवम् छायांकार लिम्बूका अनुसार धिमाल संस्कृति झल्काउने भिडियो पूर्वी नेपालको धिमाल बाहुल्य स्थानमा छायाङ्कन गरिएको हो । उनलाई क्यामेरामा देवराज सिग्देलले एसिस्ट गरेका छन् ।

भिडियो सम्पादन अनिल रानाले गरेका हुन् भने पोष्ट प्रोडक्सन थैली इन्टरटेन्मेन्टको रहेको छ ।

प्रेमीप्रेमिकाबीचको सम्बन्धलाई धिमाल समुदायको रहनसहनसँग जोडेर निर्माण गरिएको भिडियोमा क्रिस गुरुङ, सीमा राई, बादल श्रेष्ठ र दीपना राई फिचर्ड छन् ।

ए प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतमा महाराज थापाको एरेन्ज र साजन शाहको मिक्सिङ छ ।