युमिनलाई मिसेस नेपाल कल्चरको उपाधि


ब्यूटी न्यूज नेपाल
काठमाडौं, १० असोज
युहान इन्टरनेसनल इभेन्टले विवाहित महिलाका लागि आयोजना गरेको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल कल्चर २०२२’ को उपाधि युमिन खत्रीले जितेकी छन् । उनले ३७ प्रतियोगीलाई पछि पार्दै शीर्ष उपाधि चुमेकी हुन् ।

शनिबार साँझ सम्पन्न प्रतियोगितामा शुभेक्षा ढकाल राणा ‘फष्ट रनर अप’, ज्योति दीक्षित ‘सेकेन्ड रनर अप’, सुस्मिता भण्डारी अधिकारी ‘थर्ड रनर अप’ र मञ्जु पाठक ‘फोर्थ रनर अप’ भए ।

प्रतियोगितामा विधागततर्फ निशा तिमल्सिना ‘पब्लिक च्वाइस’, गीता भट्ट ओझा ‘पब्लिक च्वाइस रनर’, मञ्जु पाठक ‘भ्युवर्स च्वाइस’, अपनिशा आचार्य ‘भ्युवर्स च्वाइस रनर’, शुभेक्षा ढकाल राणा ‘मिसेस् ट्यालेन्ट’, नुरा ढुङ्गाना ‘म्यानेजमेन्ट च्वाइस’, मनीषा थापा ‘मिसेस वेस्ट पर्सनालिटी’, सुस्मिता भण्डारी अधिकारी ‘बेस्ट ड्रेस’, सुजना शाही ‘बेस्ट वाक’, गङ्गा अधिकारी ‘मिसेस् फोटोजेनिक’, सुस्मिता भण्डारी अधिकारी ‘बेस्ट स्माइल’, जयन्ती यादव ‘मिसेस् कञ्जिनालिटी’, अनिता तण्डुकार ‘मिसेस कन्फिडेन्ट’, युमिन खत्री ‘मस्ट इन्टेलिजेन्ट’ र काजल लोहिया ‘मस्ट एक्टिभ’ रहे ।

प्रतियोगीतामा प्रथम ‘मिस नेपाल’ रुबी राणालाई सम्मानार्थ ‘मिसेस् नेपाल कल्चर’को उपाधि प्रदान गरिएको थियो । संगीता रौनियार, गजित विष्ट, नानी थापा, प्रशान्त ताम्राकार, लक्ष्मी भण्डारी निर्णायक रहेको प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।
युहानकी सञ्जिता श्रेष्ठले विभिन्न समुदायको संस्कृति झल्कने मौलिक भेषभुषासमेत प्रतियोगीले प्रदर्शन गरेको प्रतियोगिताको सांस्कृतिक मुल्य, मान्यता, मौलिक परिचयको महत्वलाई सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताइन् ।

कार्यक्रमको व्यवस्थापन निर्देशक सानु खानले गरेका थिए । प्रतियोगिताका विजेताले शीर्ष उपाधिका साथमा दुई लाख बराबरको उपहारको अलावा विभिन्न अवसरसमेत प्राप्त गरेका छन् ।