अञ्जुको आफ्नै सासको त छैन भर


ब्यूटी न्यूज नेपाल
काठमाडौं, ८ असोज
गायिका अन्जु पन्तको स्वरमा ‘आफ्नै सासको त छैन भर’ सार्वजनिक भएको छ । मोडल तथा युवा गीतकार मनोज सिग्देल (युरेश) को शब्द र बबिता मानन्धरको संगीत रहेको गीतको भिडियो अन्जु पन्त अफिसियलबाट सार्वजनिक गरिएको छ ।

भिडियोमा मोडल स्मारिका ढकाल, मनोज सिग्देल र चाँदनी कुँवरको अभिनय रहेको छ । मन्दिरा उप्रेतीको निर्माण रहेको भिडियोमा उजनकुमार भारतीको सिनेमाटोग्राफी, राकेश दाहालको सम्पादन तथा रामजी ज्ञवालीको निर्देशन छ ।