बाबरीको युरोप अधिकार बिक्री


ब्यूटी न्यूज नेपाल
काठमाडौं, ६ असोज
असोज १४ गतेबाट प्रदर्शनको तयारीमा रहेकको फिल्म ‘बाबरी’ को विदेशमा दिन प्रतिदिन माग बढिरहेको छ । फिल्मको हालसम्म हङकङ, अष्ट्रेलिया र दक्षिण कोरिया राइट्स महंगो मुल्यमा बिक्री भैसकेको छ । यसैबीच फिल्मको युरोप राइट्स पनि बिक्री भएको निर्माण टिमले जानकारी दिएको छ ।

फिल्मको युरोप राइट्स गुरुङ केएनएस इन्टरटेनमेन्ट र डिजिटल राइट्स किनेको कम्पनी केन्द्र मोशन पिक्चर्सले खरिद गरेका छन् । यी दुई कम्पनीले फिल्मको राइट्स किनेकाले अब युरोपमा फिल्म रिलिज गर्न चाहनेले किरण गुरुङ र केन्द्र लिम्बुसँग सर्म्पक गर्न निर्माण टिमले जानकारी दिएको छ ।

फिल्मले सार्वजनिक गीत संगीत र ट्रेलरले दर्शकमाझ राम्रो हाइप निर्माण गरेकाले पनि विदेशमा राम्रो माग भैरहेको निर्देशक सुरेन्द्र पौडेलले बताए । बुधबारदेखि निर्माण टिम दर्शक साक्षात्कार गर्न मोफसलका विभिन्न शहरमा पुगेको छ । जहाँ फिल्मको निर्माण टिमलाई दर्शकको राम्रो साथ मिलिरहेकको छ ।

फिल्ममा अदिति बुढाथोकी, धिरज मगर, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको अभिनय छ ।

फिल्ममा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण रहेको छ । सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत, स्वयंम निर्देशक पौडेलले सम्पादन गरेका हुन् ।