इन्दिरा धिमे मैँचाको घोषणा


ब्यूटी न्यूज नेपाल
काठमाडौं, ५ असोज
नेपाल भाषाको फिल्म ‘इन्दिरा धिमे मैँचा’ को भक्तपुरको कमलविनायकमा शुभ मुहूर्त गरिएको छ । फिल्म नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने छ ।

बिके फिल्मसको ब्यानरमा निर्माण हुने फिल्ममा सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहनेछ । गोपालकाजी कायस्थ प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र शाक्य निर्माता हुन् । आगामी असोज १० गते बाट फिल्म छायांकनमा जाने निर्माण टिमले जानकारी गराएको छ ।फिल्मको सह–निर्माताका रुपमा प्रकाश दिप श्रेष्ठ, गंगादेवी मानन्धर, सरिना बज्राचार्य, रजना जोशी र प्रबिन भाम रहेका छन् ।

फिल्ममा इन्दिरा लाछिमस्युको समेत अभिनय रहने छ । फिल्मको मुख्य भूमिकामा गणेश राम लाक्षी, आशा काजी थकु, नगिना जोशी, रोजिना सुवाल, रुपेन श्रेष्ठ, देब चन्द्र बज्राचार्य, राम राजा भाम र सिम्रिक श्रेष्ठको भूमिका रहने छ । कार्यक्रमका प्रमुख अथिति भत्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति फिल्मलाई सफलताको शुभकामना दिए ।

फिल्ममा संगीतकार निल शाक्य र सुरेन्द्र श्रेष्ठको संगीत रहनेछ भने जिवित जल्मी, भुपेन्द्र बज्राचार्य र फिरोज बज्राचार्यको वाद्य संयोजन रहेको छ ।

फिल्ममा गायक जुजुकाजि रंजित र बानिका प्रधानको गायन रहेको छ । सोहन मानन्धरको छायांकन रहने फिल्मको मुख्य सहायक निर्देशक भोगेन्द्र मानन्धर र कार्यक्रम ब्यबस्थापक सिताराम माकः रहेका छन् ।