ब्युटीन्युज नेपाल
काठमाडौं, २३ भदौ

सावनको भेल जस्तो तिम्रो जोवन
पाकेको बेल जस्तो तिम्रो जोवन…

गीतकार तथा गजलकार डब्बु क्षत्रीको रचना तथा लोकप्रिय गायक राजेशपायल राईएको स्वरमा हरेको गजल ‘सावनको भेल जस्तो…’ को म्युजिक भिडियो दर्शकमाझ आएको छ ।

डब्बु क्षत्रीले एक समयको लोकप्रिय गलज मानिएको सावनको भेल जस्तोको लामो समयपछि भिडियो निर्माण गरिएको छ । यो गजल क्षत्रीको झरी गीति/गजल सँग्रहमा रहेको छ ।

हजारौं गीत गाएका राजेश पायल राईले यो भन्दा अघि गजलमा स्वर दिएका थिएनन् । क्षत्रीको सावनको भेल जस्तै नै आफ्नो स्वरमा रेकर्ड भएको पहिलो गजल भएको गायक राजेश पायलले बताएका छन् । यो गजलमा जुगल डँगोलको संगीत रहेको छ । गजलमा संगीत संयोजन पनि जुगलले नै गरेका हुन् ।

गीतकार क्षत्रीकै निर्देशनमा सावनको भेल जस्तोको म्युजिक भिडियो बजारमा आएको छ । यो गजलको भिडियोमा अभिनेता प्रवण भुसाल र गायिका तथा मोडल सरिता भारतीको अभिनय रहेको छ । भिडियोमा यी दुईको अभिनय आकर्षका छ ।

डब्बु क्षत्रीले झरी सम्बन्धि गजलहरु समेटेर गजल सँग्रह ‘झरी’ केही वर्ष अघि बजारमा ल्याएका थिए । त्यतिबेला झरीको यो गजलले विन्ध्यवासिनी म्युजिक अवार्ड, नेशलन गजल अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड जितेको छ । अडियोमै लोकप्रियता हाँसिल गरेको यो गजललाई बल्ल भिडियोमा ल्याईएको गीतकार क्षत्रीले बताए ।

टँक केसी र ज्ञानु राईले छायाँकन गरेको यो म्युजिक भिडियोको कोरियोग्राफी सुवास बुढाथोकीले गरेका हुन् । बीरेन्द्र भाट विपिनको सम्पादन रहेको छ । विलक्षण क्रियसन प्रा.लिद्धारा निर्मित यो गीतको भिडियोलाई विन्ध्यवासिनी म्युजिकको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।