कालो कोठीमा नम्रता र सुधिरको नृत्य


ब्युटी न्युज नेपाल
काठमाडौं, २० भदौ

गायिका रानी शाक्य र गायक सिडी विजय अधिकारीको स्वरमा ‘कालो कोठी’ गीतको भिडियो दर्शकमाझ आएको छ । समीर राईको शब्द र विक्रम थापाको संगीतमा तयार भएको यो गीतलमा आदेश गुर्माछानको एरेन्ज छ ।

भिडियोमा नायिका नम्रता सापकोटा र मोडल सुधिर श्रेष्ठको नृत्य छ । क्लबमा यो गीतको भिडियो छायांकन गरिएको छ । बुद्ध थापाको छायांकन रहेको भिडियोमा बिष्णु खड्काको सम्पादन छ । भिडियोलाई रायन कार्कीले निर्देशन गरेका हुन् ।