‘द कलेज एम्बेसडर २०२२’को ट्यालेन्ट शो


ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ भदौ

‘द कलेज एम्बेसडर २०२२’का प्रतियोगीले आफुमा रहेको प्रतिभा प्रस्तुत गरेका छन् । काठमाडौंमा आयोजित ट्यालेन्ट राउन्ड अन्तर्गत प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, वक्तित्वकला, चित्रकला लगायत बिषयमा आ–आफ्नो ट्यालेन्ट देखाएका हुन् ।

प्रतियोगीताको यो ११ औं संस्करण हो । यसका लागि उपत्यकाका नाइटिंगेल इन्टरनेशनल कलेज हेराल्ड कलेज, काठमाडौं स्कूल आफ सेन्टल स्टेज, किष्ट कलेज, गोल्डेन गेट अन्तर्राष्ट्रिय कलेज, वेष्टन कलेज, ह्वाइटफिल्ट इन्टरनेशनल कलेज, कुसम, द टाइम्स इन्टरनेशनल कलेजका करिब ८० भन्दा प्रतियोगीले अडिसन दिएको आयोजक ग्रिनआर्ट मिडियाका सिइयो प्रविण लाकौरले बताए ।

डान्स कोरियोग्राफर श्रेया महर्जन, सौदर्य प्रतियोगीता विजेता पूजा पुरी र प्रोफेसर बिनय रन्जित लगायत प्रतियोगीताको निर्णायकमा रहेका थिए । प्रतियोगीतामा ८ महिला र ८ पुरुष प्रतियोगी रहेका छन् ।

प्रतियोगीताको अन्तिम स्पर्धा यदि भदौ १७ गते आयोजना हुँदैैछ । प्रतियोगीमा शिर्ष सहित बिभिन्न आधा दर्जनबढी बिधामा विजेता छानिने छन् ।