सुपर टिन इन्टरनेशनल बने विधान र मिङमा


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ भदौ

सुपर टिन इन्टरनेशलन २०२२ को उपाधि ब्वाईज तर्फ विधान शमशेर बी राणा र गर्ल तर्फको उपाधि मिङमा राईले जितेकी छिन् । मण्डला इन्टरनेशनल प्रा.लि.ले ललितपुरको म्युजिक सिटी हलमा शुक्रबार आयोजना गरेको सो प्रतियोगितामा विधानले पब्लिक च्वाईस तर्फको उपाधि पनि जिते ।

किशोर किशोरीहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि सो प्रतियोगिताको आयोजना सजना तजिना तामाङ र भरत सामरीले गरेका हुन् । सो प्रतियोगिता ब्वाईज तर्फ प्रशन्न पोखरेलले फस्ट रनर अप, सज्जल लामाले सेकेन्ड रनर अप र विशाल तामाङले भिवर्स च्वाईसको उपाधि हाँसिल गरे ।

यस्तै सुपर टिन इन्टरनेशलनमै गर्ल तर्फ सरु घिमिरेले फस्ट रनर अप, आर्या अर्यालले सेकेन्ड रनर अप सहित भिवर्स च्वाईसको उपाधि प्राप्त गरे ।

रिवन इन्टरटेनमेन्टको सहकार्यमा सम्पन्न सो प्रतियोतिको कोरियोग्राफी अन्तराष्ट्रिय कोरियोग्राफर अश्विनी कान्त झाले गरेका थिए । कार्यक्रमका अतिथिमा अभिनेता प्रेम पाण्डे, सञ्चारकर्मी तथा म्युजिक भिडियो निर्देशक सूर्य चन्द, गायिका सरिता भारतीलगायत थिए । कार्यक्रममा भरत सामरीले आफ्ना गीतहरु प्रस्तुत गरेर दर्शकको मन जिते ।

अभिनेता गजित बिष्ट, प्रदीप खड्का, अधिवक्ता प्रतिमा कार्की, गीतकार तथा प्रहरी बरिष्ट नायव निरिक्षक पुरुषोत्तम सानु र शिक्षा सेवी पूर्ण लामा सो प्रतियोगिताको निर्णायक रहेका थिए ।