तीज फेलोसिप कार्यक्रममा विभिन्न व्यक्तिहरु सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौं, १ भदौ

लायन्स क्लब अफ काठमाडौं अभियान र रोज सिप विकाश तालिम केन्द्र रविभवनको आयोजनामा यो वर्षको तीज पर्वको अबसर पारेर काठमाडौंमा तीज फेलोसिप तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ ।

लायन्स क्लब अफ काठमाडौं अभियानका अध्यक्ष सुन्दर थापा क्षत्रीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विभिन्न व्यक्तहरुलाई सम्मान गरिएको छ । लायन्स जोन चेयर पर्सन तथा रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष सोनी कारंजितले कार्यक्रममा सबैलाई स्वागत गदै आधा दशक भन्दा लामो समयदेखि रोज सिप विकाश तालिम केन्द्रले वर्षेनी तीज कार्यक्रम तथा तीज क्विन आयोजना गर्दै आएको बताईन् । यसपटकबाट लायन्ससँग मिलेर गरिएको यो फेलोसिप कार्यक्रमबाट बचेको रकम सामाजिक कार्यमा खर्च गर्ने उनले बताईन् ।

लायन्स क्लब पास्ट डिस्ट्रिक गर्भनर गौतममान श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विभिन्न कलाकारले गायन तथा नृत्य प्रस्तुत गरे । उनीहरुसँगै लायन्स तथा व्युटिसियनहरुले नाचगान गर्दै तीज मनाए ।

सो कार्यक्रममा लोकप्रिय गायक अलिफ खानले कुवाको पानी सहित विभिन्न गीतहरु गाएर कार्यक्रममा रौनक थपेका थिए । उनले गीत गाउँदा सबै जनाले नृत्यमा साथ दिएका थिए । यस्तै चर्चित गायिका सुजाता केसीले पनि बतास बनी तिमी आईदेउन सहित विभिन्न गीतहरु सुनाएर दर्शकको मन जितिन् । उनले पनि केही तीज गीतहरु कार्यक्रममा प्रस्तुत गरिन् ।

यस्तै जुनु रिजाल काफ्लेको गायन, पल्पसा डँगोलले पनि प्रहसन गरेर दर्शकको मन तिजिन् । यस्तै मोडल तथा मिस टुरिजम एम्बेस्डर शिलास्मा हमाल र उनको समुहको नृत्य पनि त्यत्तिकै आकर्षक थियो ।

सञ्चालन गायिका तथा टेलिभिजन कार्यक्रम प्रस्तोता विष्णुमाया पौडेलले सञ्चालन गरेको सो कार्यक्रममा विभिन्न ब्यक्तिहरुलाई सम्मान गरियो ।

सम्मानित व्यक्तिहरुमा लायन तारा भुषाल, रेश्मा श्रेष्ठ, मनमाया लालचन, गेल्मु शेर्पा बुढाथोकी थिए । यस्तै प्रमिला लामिछाने, सोमा गुरुङ, गीता शेर्पा, बिध्या पौडेल, सुन कुमारी श्रेष्ठ, सुर्य चन्द, हरिकृष्ण गिरी, नकुल गिरि, सुरेन्द्र गिरी, गोपीकृष्ण थापा, राज शेखर रेड्डी पनि सम्मानित भए ।

कार्यक्रममा आ आफ्नो क्षेत्रमा योगदान पुर्याएका काजल शर्मा, बिजेपाल रेड्डी, लक्ष्मण महर्जन पनि सम्मानित भए । यस्तै व्युटिसियन क्षेत्रबाट सोनी शाह, रचना शाक्य, रिना अवाले, प्रमिला केसी, श्रीदेबी प्रजापति, सुष्मिता दंगाल कार्की, रुबी महर्जन, शाति महर्जन, मुना केसी, देबी महर्जन, भावना धानुक बिष्ट, नविना राजथला, सुमित्रा श्रेष्ठ, शोभा महर्जन सकुन्तला अवाले र मञ्जु सुबेदीलाई पनि कार्यक्रममा सम्मान गरियो ।