ब्युटी न्युज नेपाल
काठमाडौं, १ भदौ

लायन्स क्लब अफ काठमाडौं अभियान र रोज सिप विकाश तालिम केन्द्रले यो वर्षको हरितालिका तीजको अबसर पारेर आयोजना गरेको ‘तीज फेलोसिप तथा सम्मान कार्यक्रम’ मा ब्युटिसियन मञ्जु श्री श्रेष्ठ तीज क्विन २०७९ बनेकी छिन् ।
सो कार्यक्रममा तीज क्विन तर्फ फस्ट रनरअपको उपाधि ब्युटिसियन करिश्मा थापा र सेकेण्ड रनरअपको उपाधि ब्युटिसियन सकुन्तला अवालेले प्राप्त गरे ।

तीजको अबसर पारेर ब्युटिसियनहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि आफुहरुले केही वर्ष यताबाट यो प्रतियोगिता आयोजना गर्दै आएको रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष एवम् बरिष्ट सौन्दर्यबिद सोनी कारँजितले बताईन् ।

सो कार्यक्रममा तीज क्विनको उपाधि बिजेताहरुलाई क्राउन, ट्रफी, प्रमाणपत्र लगायत विभिन्न उपहार प्रदान गरिएको थियो । तिज क्विन–२०७९ को निर्णायकमा गीतकार एवम् बरिष्ट पत्रकार डब्बु क्षत्री, कोरियोग्राफर तथा संचारकर्मी जयान सुब्बा मानन्धर, सञ्चारकर्मी तथा भिडियो निर्देशक सूर्य चन्द थिए ।

कार्यक्रममा लोकप्रिय गायक अलिफ खानले कुवाको पानी सहित विभिन्न गीतहरु गाएर कार्यक्रममा रौनक थपेका थिए । उनले गीत गाउँदा सबै जनाले नृत्यमा साथ दिएका थिए । यस्तै चर्चित गायिका सुजाता केसीले पनि बतास बनी तिमी आईदेउन सहित विभिन्न गीतहरु सुनाएर दर्शकको मन जितिन् । उनले पनि केही तीज गीतहरु कार्यक्रममा प्रस्तुत गरिन् ।

यस्तै जुनु रिजाल काफ्लेको गायन, पल्पसा डँगोलले पनि प्रहसन गरेर दर्शकको मन जितिन् ।

 

लायन्स क्लब अफ काठमाडौं अभियानका अध्यक्ष सुन्दर थापा क्षेत्रीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन गायिका तथा टेलिभिजनमा कार्यक्रम प्रस्तोता विष्णुमाया पौडेलले गरेकी थिईन् ।