१४ असोज पुग्यो बाबरी, रुचाईयो ट्रेलर


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० साउन

यस अघि भदौ ३१मा रिलिज हुने भनिएको नेपाली चलचित्र अब असोज १४ मा रिलिज हुने भएको छ । यो नयाँ मिति घोषणासँगै काठमाडौंमा एक समारोहबीच चलचित्र बाबरीको ट्रेलर रिलिज गरिएको छ । यो फिल्मको ३ मिनेट ३७ सेकेन्डको ट्रेलरलाई दर्शकले रुचाएका छन् । जसमा दुई युवक र एक युवती बीचको प्रेमद्धन्द्ध प्रस्तुत छ ।

सिनेमामा धिरज मगर, अदिति बुढाथोकी र धिरज नाडकरको मुख्य भूमिका छ । सुरेन्द्र पौडेल निर्देशित सिनेमाको ट्रेलरमा कमेडी, नोकझोक, प्रेम, रोमान्स र वियोगका क्षण महसुस गर्न सकिन्छ । ट्रेलर पनि यी तीन कलाकारको वरिपरि घुमेको छ । मुख्य नायिकालाई पाउन दुई नायकको सँघर्ष निकै आकर्षक छ ।

सिनेमामा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतका कलाकारहरुको पनि अभिनय छ ।

सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहोरा र किशोर नेपालको लेखन रहेको छ । निर्देशक पौडेलको कथा र सम्पादन रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं, अनमोल गुरुङको संगीत, नरेन्द्र मैनालीको छायांकन र एञ्जिला खत्री, विक्रम लामाको कोरियोग्राफी छ । बाबरी फिल्म्सको व्यानरमा निर्मित सिनेमामा गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेका छन् । भने सुष्मा गुरुङले सहनिर्माताको भूमिका निभाएकी छन् ।