राजेन्द्र बजगाईंको संगीतमा अञ्जु पन्तले गाईन तीज गीत


ब्यटी न्युज नेपाल
काठमाडौं, ३० साउन

गायिका अञ्जुु पन्तले तीजको नयाँ गीत गाएकी छिन् । आफु क्रिश्चियन धर्ममा लागेपछि उनले तीज गीत सहित हिन्दु धर्म सम्बन्धि कुनै पनि देवी देवताको भजन नगाउने बताएकी थिईन् । जसका कारण यो सात वर्षको अवधिमा गायिका अञ्जुुले कैयौं भजन तथा तीज गीतहरु गायिनन् ।

गत वर्ष पास्टरसँग नै विवाह भएपछि उनी गायनमा केही लचिलो भएकी छिन् । श्रीमानसँगकै सल्लाह अनुसार यसपटक उनले तीज गीत दर्पन छायाँले…गाएकी हुन् ।

यो गीतमा राजेन्द्र वजगाईंको संगीत रहेको छ । गायिक अञ्जुलाई गीत राम्रो लागेकाले यो गीत गाउन उनी मञ्जुर भएको राजेन्द्रले बताएका छन् । नेत्र अर्यालले लेखेको यो गीतको संगीत संयोजन पनि राजेन्द्र आफैंले गरेका हुन् । जसमा मनोज परियारको मिक्सिङ रहेको छ ।

यो तीज भाकाको भिडियो पनि आकर्षक बनेको छ । भिडियोलाई बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ । भिडियोमा मोडलहरु उषा खनाल र राजिवजँग बस्नेतले अभिनय गरेका छन् । भिडियोलाई शिब विकले कोरियोग्राफी गरेका हुन् । जसमा पदम सुवेदीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ । गीत जस्तै दर्पण छायाँको भिडियो पनि आकर्षक बनेको छ ।