चंगाचेट २ मा बिपिन अनुबन्धित, अरु कलाकार चयन हुँदै

ब्युटी न्युज नेपाल
काठमाडौं, २६ साउन

चलचित्र ‘चंगाचेट’को सिरिजको रुपमा ‘चंगाचेट–२’को निर्माण तयारी भईरहेको छ । अहिले यो चलचित्रको निर्देशन दीपेन्द्र के खनाल स्कृप्ट फाईनल गर्नमा व्यस्त छन् । मंसिरबाट छायाँकन सुरु हुने तयारीमा रहेको यो चलचित्रका लागि मुख्य भूमिकामा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् ।

निर्देशक खनाल तथा निर्मात्री शर्मिला पाण्डे र विपिनबीच सिनेमा गर्ने कागजी सम्झौता भएको हो । यस अघि यो फिल्ममा अर्का अभिनेता अर्पण थापा अनुबन्धित भएका थिए । अब बाँकी कलाकार चयन गरिने निर्देशक खनालले बताएका छन् । तीन करोड बजेटको सिनेमा कमेडी जनरामा निर्माण हुनेछ । सिनेमामा विपिनलाई हास्यरसमा देख्न सकिनेछ ।

चंगाचेटको पहिलो सृँखलामा प्रियंका कार्की, आयुषमान देशराज जोशी, सुरक्षा पन्त, परमिता राणा, रविन्द्र झा, अर्पण थापालगायतको कलाकारहरुको मुख्य भूमिका थियो । यी मध्य यसपटक केही कलाकार परिवर्तन हुने बताईएको छ ।