आयो दिपक लिम्बु र डम्बर नेपालीको एल्बम ‘समायोजन’


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ साउन

गायक दिपक लिम्बुको एकल गायन डम्बर नेपालीको एकल शब्द तथा संगीत रहेको ‘समायोजन’ गीति एल्बमको काठमाडौंमा एक समारोहबचि बिमोचन गरिएको हो । एल्बममा ४ वटा गीत रहेका छन् । एक गीतमा गायक लिम्बुलाई त्रिशाला गुरुङले स्वरमा साथ दिएकी छन् । समायोजन’ को निर्माण तथा ब्यबस्थापन रुकमान लिम्बुले गरेका हुन् । रुबुषा क्रियटिभ वर्क्सको प्रस्तुति रहेको एल्बममा समाबेश एक गीतको भिडियो पनि सार्वजनिक गरिएको छ ।

एल्बम बिमोचन कार्यक्रममा महेश खड्का, पारस मुकारुङ, मिलन चाम्स, प्रेम श्रेष्ठ, चन्द्र कुमार, सुर्य बहादुर मगर, हेमराज लिम्बु, उत्तम केसि, भीषण मुकारुङ,तारा प्रकाश लिम्बू, बिनोद न्यौपाने,चन्द्र कुबेर खापुङ्ग लगायत थुप्रै श्रस्टा तथा पत्रकारहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित अग्रजहरुले दिपक लिम्बुको गायकी र डम्बर नेपालीको संगीतको बारेमा प्रसंशा गरे।

सँग्रहमा रहेका ‘नढाँटन हौ’ गीतको भिडियो पनि सो क्रममा सार्वजनिक गरियो । भिडियोमा गायक दिपक लिम्बु र इशिका लिम्बुले अभिनय गरेका छन् । भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् । उनले नढाँटन हौ को कथामा निकै नै मेहनत गरेको बताए । एउटा सामान्य परिवारले देखेको सपना पुरा गर्न गरेको मेहनतको कथा भिडियोमा रहेको छ । महेश पौडेलले छायाँकन गरेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् ।