शँकर र उषाको अमेरिका मेरो बुढा छ


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ साउन

यो वर्षको तिज पर्व नजिकिएसंगै विपीन केसीको शब्दमा नयाँ तीज भाका अमेरिका मेरो बुढा छ…को भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा जय देवकोटा र रेजीना परियारको युगल स्वर रहेको छ । गीतमा जय देवकोटाको संगीत रहेको छ । कृष्ण केसीले यसको एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा अहिलेका चर्चित मोडलहरु शंकर बिसी र उषा सुबेदीको मुख्य भूमिका रहेको छ । अभियनमा शँकर र उषाको काम प्रसँसनीय छ । दुबैले आफ्नो कामबाट दर्शकको मन जित्ने देखिन्छ । गीतको अडियोसँगै भिडियोले पनि दर्शकको मन खिचेको छ ।

मदन खड्का, शिवजी क्षत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् ।

जसमा प्रकाश खड्काको सिनेम्याटोग्राफी, अनिल रानाको सम्पादन रहेको छ ।