पाईने रैछ माया भन्दै यसराज र साक्षी


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ साउन

गायक दिनेश थानीको स्वरमा नयाँ गीत ‘पाइने रैछ माया’ को भिडियो ओ एस आर डिजीटल च्यानल मार्फत सार्वजनिक भएको छ । भवानी प्रसाद थानीले लेखेको यो गीतमा प्रमोद पन्तको संगीत र रिदम कंडेलको संगीत संयोजन रहेको छ । गीतलाई मिक्सिङ्ग र माष्टरिंग महेश्वरमान राजभण्डारीले गरेका हुन् ।

यो गीतको भिडियोमा अभिनेता यशराज गराच र अभिनेत्री साक्षी लम्सालको अभिनय रहेको छ । भिडियो आकर्षक बनेको छ । सो भिडियोमा साक्षी र यसराजको अभिनय प्रसँसनीय छ ।

भिडियोलाई रोशन कुमारले निर्देशन गरेका हुन् । दि लाइफ एक्सप्रेस मुभी मेकर्स प्रा.लिले निर्माण गरेको भिडियोमा सुनिता पराजुलीको प्रस्तुति रहेको छ ।

भिडियोलाई मुकेश हुमागाईंले छायांकन गरेका हुन् । जसमा सम्पादन एवं कलरिंग मीन रावलको रहेको छ ।