आफैंले रोजेको घर आयो सविताको

ब्युटी न्युज नेपाल
काठमाडौं, २२ साउन

गायिका दिलमाया सुनार अन्तरजातीय विवाहपछि माइती र घरको हेलामा परिन् । त्यसपछि भोगेकी दिलमाया अन्ततः गत असार ११ गते मृत्युको मुखमा पुगिन् । यतिबेला उनै गायिका दिलमाया सुनारको समेत स्वर रहेको मर्मश्पर्शी तीज गीत ‘आफैंले रोजेको घर’ सार्वजनिक भएको छ ।
सञ्चारकर्मी एवं गीतकार सबिता पोखरेलले लेखेको गीतलाई चर्चित एवं लोकप्रिय गायक गायिकाहरु टिका पुन, राधिका हमाल, गायक अर्जुन सुनाम, राजु परियार, गायिका दिलमा सुना (स्व.) र गायक झलक संगीतम् र दिपक सुनारले स्वर दिएर प्राण भरेका छन् । गायिका दिलमाया सुनारको सम्भवतः यो नै अन्तिम गीत हो । गीतमा संगीत र संगीत संयोजन झलक संगीतम्को रहेको छ ।

गीतको भिडियोमा चर्चित कलाकारहरु नन्दा बस्याल, शितल केसी, बिशाल पहाडी, स्वस्तीका लामिछाने, सुमन बैरागी, मीना लामा र मकर बहादुर बानियाँ, लक्ष्मी भण्डारी र गीतकार सबिता पोखरेल समेतको अभिनय रहेको छ । कलाकार शितल केसी र विशाल पहाडीले पहिलोपटक तीज गीतमा अभिनय गरेका हुन् ।

झलक संगीतम्ले निर्देशन रहेकोे भिडियोलाई दुर्गा श्रेष्ठले छायांकन गरेका हुन् । प्रकाश परियारले सम्पादनमा तयार भएको भिडियोलाई ‘आलाप स्टुडियो’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतको कथावस्तु मध्यम परिवारकी छोरी खान्दानी र कथित् उपल्लो जातको परिवारमा विहे भएपछि पाएको दुःख र पारिवारीक द्वन्वपछि एउटी नारीको संवेदना, भावना कस्तो बन्ला भिडियोमा छर्लङ्ग पारिएको छ । गीतलाई मौलिक, मर्मश्पर्शी भनेर राम्रो प्रतिक्रियाहरु आएका छन् ।