स्वस्तिकाले ल्याईन सम्हाल्दा सम्हाल्दै


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ साउन

गायिका स्वस्तिका ढकालले आफ्नो स्वरमा नयाँ गीत सम्हाल्दा सम्हाल्दै…को भिडियो बजारमा ल्याएकी छिन् । एसके इन्टरटेन्मेन्टको निर्माण रहेको यो गीतलाई श्याम कार्की युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

यो गीतमा सुशिला पौडेल को शब्द रहेको छ । जसमा अर्जुन पोखरेलले संगीत गरेका छन् । सो गीतमा अलिशा शर्मा र निया तामाङको अभिनय संगै जोकर क्रु समूहको अभिनय रहेको छ ।

भिडियोमा पवन सुस्लिङको छायाँकन, सम्पादन रहेको गीत लाई निर्देसन् भने द जोकेर क्रु कै शयनम अधिकारी ले गरेका हुन ।