चलचित्र ‘कृष्ण–लीला’ को अष्ट्रेलीया राइट बिक्री


ब्युटी न्युज नेपाल
काठमाडौं १९ साउन

आगामी ३ भदौबाट देशव्यापी रिलिज हुने भनिएको नेपाली चलचित्र ‘कृष्ण–लीला’ को अष्ट्रेलीया राइट बिक्री गरिएको छ । प्रदर्शनको मिति नजिकिदै जादा सर्वत्र चर्चा र चासोमा रहेको फिल्मको राइट अष्ट्रेलीया निवासी निकेश मानन्धरले खरिद गरेका हुन् । प्रदर्शन अधिकार सम्झौतामा निकेशका प्रतिनिधि र ‘कृष्ण लीला’ टिमबीच बुधबार राजधानीमा हस्ताक्षर भएको हो ।

दीपक ओली निर्देशीत फिल्म फस्र्टलुक पोस्टर सार्वजनीकसँगै चर्चामा रहदै आएको छ । फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठले अष्ट्रेलीया राइट महंगो रकममा बिक्रि गरिएको जानकारी दिए । ‘रकम नखुलाउ होला,’ उनले भने, ‘अपेक्षाभन्दा बढी मुल्यमा बेचेका छौ ।’ उनले फिल्मको अन्य देशबमा पनि धमाधम बिक्री भइरहेको बताए ।

कृष्णजन्माष्टमीको दिन अर्थात् भदौ ३ गते प्रदर्शनमा आउने फिल्ममा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम,आयुषा क्षेत्री तथा बालकलाकार आयुष गुरागाईँ मुख्य भूमिकामा छन् ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ छन् । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको फिल्मको लाइन प्रोड्युसर रमेश तामाङ हुन् । लक्ष्मण सुवेदी लिखित फिल्म शिब ढकालले खिचेका हुन् ।