सजल र बानिकाको स्वरमा आयो ‘ननिदाई ननिदाई’


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ साउन

एक फरक स्वाद, शास्त्रीय धारमा आधारित भएको युगल गीत ‘ननिदाई ननिदाई…’ को भिडियो सार्वजनिक गरिएको छ । गीतकार डा.मनिष वशिष्ठको द्वारा रचित यो गीतमा गायक तथा संगीतकार सजल न्यौपानेको संगीत तथा गायिका बानिका प्रधानको स्वर रहेको छ ।

‘मान्छेलाई गीत सुन्ने संस्कार हराउदै गएको भान भएर सुन्ने गीत बनाउने मेरो प्रयास रहेको छ, त्यहि प्रयास स्वरूप यो गीत बजारमा ल्याएका छौ ।’ गीतकार मनिष वशिष्ठ भने ।

यस्तै सजलले हरेक विधाको गीत संगीत गाए बनाए पनि आफुलाई यस्ता सेमी क्लासिकल गीत सिर्जना गर्न अझै आनन्द आउने बताए ।

यस युगल गीतमा गायिका बानिका प्रधान र गायक सजलको स्वर रहेको छ । गीतमा सफ्ट क्लासिकल म्युजिकको छनक अनि स्वाद पाइन्छ । उचित रियाज र साधना बिना यस्तो गीत संगीत गाउन निकै कठिन हुन्छ । बर्षौको रियाज अनि संगीत बुझेर मात्र यस्तो गीत संगीत गाउन कोसिस गर्न सकिन्छु दुवै गायक गायिका भन्छन् ।

गीतमा संगीत संयोजन गरेका सुमित बिश्वकर्माले वेस्टर्न पियानो संग सितार अनि तबलाको राम्रो फ्युजन गराएको सुन्न पाइन्छ । म्युजिक भिडियोमा गायक सजल, अभिनेत्री साक्षी लम्साल र बानिका प्रधानको भूमिका रहेको छ । भिडियोको छायाँकन सलिल न्यौपाने र सजल न्यौपानेले गरेका छन् ।