ब्युटी न्युज नेपाल
काठमाडौं, १८ साउन

विश्वकै सुन्दर मध्य ताल मानिएको नेपालको रारा ताल र त्यस आसपसका विभिन्न सुन्दर स्थानमा छायाँकन गरेर नयाँ आधुनिक गीत तिम्रो मायाले न हो…को भिडियो ओएसआर डिजिटलबाट हिजो रिलिज गरिएको छ । यो गतिमा अहिलेका चर्चित गायक प्रताप दाश र गायिका सरिता भारतीको स्वरमा रहेको छ ।

कर्णाली प्रदेशको आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्य सहित यो भिडियो त्यो क्षेत्रमा छायाँकन गरिएको भिडियो निर्देशक डब्बु क्षत्रीले बताएका छन् । उनका अनुसार गीतको छायाँकन मुगुको रारा, आछाम र जुम्लाका विभिन्न स्थानमा गरिएको छ । देवल भण्डारीले लेखेको यो गीतलाई हुन पनि छायाँकार दिब्यराज सुवेदीले कर्णालीको सुन्दरतासँगै निकै आकर्षक रुपमा भिडियोमा उतारेका छन् । गीत जति मिठो छ । त्यहाँको सुन्दर दृष्ययुक्त भिडियोले गीतलाई अझ आकर्षक बनाएको छ ।

यो गीतमा एलिश कार्कीले संगीत गरेका हुन् । चलचित्रका लागि भनिएको यो गीतलाई बिलक्षण क्रियसनले बजारमा ल्याएको हो । गीतमा संगीत संयोजन शैलेन्द्र एम श्रेष्ठ (बाबु)ले गरेका हुन् । जसमा जुगल डंगोलको मिक्सिङ र मास्टरिङ रहेको छ ।

यो गीतको भिडियोमा अभिनेता यसराज गराच र गायिका सरिता भारतीले अभिनय गरेका छन् । उनीहरुको अभिनय निकै आकर्षक छ । निकै कठिनका साथ त्यहाँ पुगेर आफुहरुले अभिनय गरे अनुसारको भिडियो पनि त्यत्तिकै राम्रो बनेको भन्दै कलाकार यसराज र सरिताले खुसी व्यक्त गरेका छन् । काठमाडौंबाट चार दिनको यात्रा पछि सो स्थान पुगेर भिडियोको छायाँकन गरिएको हो ।

यो भिडियोमा सुवास बुढाथोकीको नृत्य निर्देशन रहेको छ । दिलमाया मगर (एमकेएम फेसन हाउस) र चिटिक्क द फेसन स्टोरको फेसन रहेको यो भिडियो फिल्मी शैलीको बनेको छ । जसमा बीरेन्द्र भाट विपिनको सम्पादन रहेको छ ।

कर्णाली प्रदेश प्राकृतिक रुपमा अत्यन्त सुन्दर रहेकाले त्यहाँको पर्यटन प्रवर्धन गर्न यो भिडियोको छायाँकन मुगु, अक्षाम र जुम्लामा गरिएको भिडियोका निर्देशक डब्बु क्षत्रीले बताए ।