भिडियोमा आयो झिँगेदाउको इश्वरसँग पनि


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ साउन

चलचित्र ‘झिँगेदाउ’ आगामी १७ भदौबाट रिलिज हुने भएको छ । यो चलचित्रको दोस्रो लिरिकल गीत ’ईश्वरसँग पनि’ युट्युव मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा सिनेमाका चल अचल दृश्य समावेश गरिएको छ । अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर छ ।

ज्ञानेन्द्र देउजा निर्देशित यो चलचित्रको यस गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । गीतको लिरिकल भिडियोमा अभिनेत्री केकी अधिककारी, आँचल शर्मा, अभिनेता मुकुन भुषाल, कुशल बिष्ट र हिँउवाला गौतमको अभिनय छ । सिनेमामा पहिलो पटक अभिनेत्री केकी र आँचल जेठानी देउरानीको भुमिकामा देखिएका छन् ।

सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको सिनेमाको सह–निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् । निर्देशक देउजाले सिनेमालाई स्तरीय बनाउन आफूले सकेको प्रयास गरेको बताए ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमामा संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाल लगायतका कलाकारको पनि अभिनय रहेको छ । भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’कथामा आधारित सिनेमाको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । बिष्णु कल्पितको छायांकन रहेको सिनेमाको सम्पादकको जिम्मेवारी मित्र डि गुरुङले सम्हालेका छन् ।