मोडल हन्ट नेपालका लागि ५२ प्रतियोगी चयन


ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ साउन

‘मोडल हन्ट नेपाल २०२२’ का लागि ५२ प्रतियोगी चयन भएका छन् । जसमा २७ महिला र २५ पुरुष छन् । चयन भएका सबै प्रतियोगी फाइनल स्पर्धाका लागि प्रशिक्षणमा उत्रिएका छन् । आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाका अनुसार प्रतियोगिताको यो सातौं संस्करण हो । प्रतियोगिताको विजेताले शिर्ष उपाधिका साथमा नगद ५ लाख बराबरको उपहारसहित १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा’ माहिला विजेता र ‘मिष्टर टुरिजम वल्र्ड’ मा पुरुष बिजेताले नेपालको प्रतिनिधित्व गर्ने छन् ।

नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेका अनुसार प्रतियोगीतामा पुरुष तर्फ सरन एरिक विलियम्स, मनिष श्रेष्ठ, विराज गौतम, विवेक सिंह ठकुरी, अग्निश्री विश्वकर्मा, हिर्दय कुमार यादव, सम्राट सिंह, विवेक खड्गी, आदर्श श्रेष्ठ, रुविन श्रेष्ठ, मनिष बुढा, रोशन आचार्य, उगल लिम्बु, दिवस रसाइली, रोनी मगर, मौसम दिवान राई, आदर्श लिम्बु, सुरज गोयन्का, कर्मा तोपग्ये, सुलभ रत्न शाक्य, दिवस गौतम, निहाल के.सी, सूर्या महर्जन, प्रविणराज कार्की, कुनाल मिश्र छन् ।

यस्तै महिला तर्फ सेरिन शाक्य, प्रिज्मा गुरुङ, सम्पदा घिमिरे, सुनिना तामाङ, समिका शेरचन, प्रतिमा हायु, याङ्चेन डोल्कर, एन्जेल राई, कृपा श्रेष्ठ, मल्लिका फैजु, स्मृति देउजु, स्तुति श्रेष्ठ, नम्रता शाही ठकुरी, सोमिता तामाङ, रिया मैनाली, सृष्टि गौतम, मोनिका अधिकारी, शर्मिला आले मगर, आँचल शाह, सारा राई, बिनिता खड्का, शिखा श्रेष्ठ, पल्पसा श्रेष्ठ, पुष्प धामी, अञ्जली सुनार, स्मृति श्रेष्ठ, साइच्छा थापा छन् ।