त्रिभुवन राजपथमा यातायात पुनः सञ्चालन


ब्युटी न्युज नेपाल
मकवानपुर १२ साउन

पहिरोका कारण गत १० घन्टा देखि अवरुद्ध रहेको त्रिभुवन राजपथअन्तर्गतको हेटौँडा–काठमाडौँतर्फको यातायात पुनः सञ्चालन भएको छ । भारी वर्षका कारण गए राति झरेको पहिरोले भीमफेदी गाउँपालिका–१ भैसे–हेटौँडा सडकको बाघझोलामा यातायात सेवा अवरुद्ध भएको थियो ।

डोजरले पहिरो हटाई सवारीसाधन गन्तव्यमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । उृनका अनुसार आज बिहानदेखि यातायात सञ्चालनमा आएको छ ।