बस र माइक्रो आपसमा ठोक्किँदा १ जनाको मृत्यु


ब्युटी न्युज नेपाल
चितवन, ६ असार

हिजो बेलुका पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा बस र माईक्रो अपसमा ठोक्किँदा १  जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट बझाङ जाँदै गरेको ना६ख १३४० नंको रात्री बस र भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख ३५०२ नंको माइक्रो गाडी आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको हो । माईक्रोमा सवार नाम, थर, वतन नखुलेका अन्दाजी ३५÷३६ वर्षका एक पुरुषको ठक्करपछि नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुबै गाडी तिब्र गतिमा आउँदा आसपमा सन्तुलन बिग्रिएर ठोक्किएको प्रहरीको भनाई छ ।

दुर्घटनामा परी दुवै सवारी साधनका गरी अन्य १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार घाइते मध्ये विङ्गर चालक रुपन्देहीको बुटवल नगरपालिका–२ का २५ वर्षीय कमल दर्जीको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये पाँच जनाको नयाँ मेडिकल कलेज भरतपुर र १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको पनि अधिकारीले जानकारी गराए ।