दुई राजेन्द्रले ल्याए सुगर फ्रि भर्सेस रसवरी

ब्युटी न्युज नेपाल
काठमाडौं, ११ असार

संगीतकार राजेन्द्र बजगाईले आफ्नो संगीतमा नयाँ गीत ‘सुगर फ्रि भर्सेस रसवरी’ को भिडियो दर्शकमाझ ल्याएका छन् । उनले यो गीतको भिडियोमा युट्युवबाट सार्वजनिक गरेका हुन् । यो गीतलाई राजेन्द्र बुढाथोकी र अस्मिता अधिकारीले गाएका छन् ।

एक पछि अर्को गर्दै संगीतकार बजगाईले निकै राम्रा गीतहरु बजारमा ल्याएका छन् । यो गीत पनि त्यत्तिकै राम्रो बनेको छ । जसमा डिपी खनालको शब्द, राजेन्द्र बजगाईर्क संगीत संयोजन र मनोज परियारको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

यो गीतको भिडियोलाई पनि संगीतकार बजगाईंले नै निर्देशन गरेका छन् । भिडियो नृत्यप्रधान बनेको छ । यसलाई अहिले दर्शकले रुचाएका छन् । यो भिडियोमा अञ्जली अधिकारी, सागर लम्साल बले र श्रीदेव भट्टराईले अभिनय गरेका छन् ।

दिपक मान सिंहको कोरियोग्राफी, नवराज उप्रेतीको छायाँकन र विकास ज्ञवालीको सम्पादन रहेको भिडियो आकर्षक बनेको छ ।