मात्तिएको मस्त मौसममा जोर्डन र स्मारिका


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ असार

सुमन केसी र रचना रिमालको स्वरमा नयाँ गीत ’मात्तिएको मस्त मौसम’ को भिडियो दर्शकमाझ आएको छ । भूमिका राईको प्रस्तुति रहेको यो गीतमा एसपी कोइरालाको शब्द र दिप घतानीको संगीत रहेको छ । संगीतकार घतानीले निकै माधुर्य संगीत बनाएका छन् । सार्वजनिक गीतलाई मिक्सिङ्ग र मास्टरीङ दीपले नै गरेका हुन् भने एरेञ्जर महाराज थापा हुन् । गीत पनि त्यत्तिकै रोमान्टिक छ ।

यो गीतको भिडियोमा जोर्डन राजभण्डारी र स्मारिका ढकालले अभिनय गरेका छन् । जसमा निकेश खड्काको निर्देशन रहेको छ । गीतको शब्दलाई यी दुइको प्रेमभावमा व्यक्त गर्दै भिडियो तयार गरेको निर्देशक खड्काले बताए । ’एउटा प्रेमिल जोडीको भवन र प्रेमलाई गीत अनुसार नै भिडियोमा व्यक्त गरिएको छ’ निर्देशक खड्काले भने ।

उनले त्यहि अनुसारको रोमान्टिक भाव दिने लोकेशन समेत प्रयोग गरेका छन् । गीतमा जोर्डन र स्मारिका बीचमा रहेको प्रेमलाई व्यक्त गरेको पाइन्छ । गीतको भिडियोमा काव्या थापाको मेकअप , कुशुम द बुटिकको ड्रेस , बुद्ध थापाको छायांकन र प्रकाश धमलाको सम्पादन रहेको छ ।