१२ असारमा दोस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ असार

दोस्रो ‘राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०७८’ अगामि १२ गते आयोजना हुने भएको छ । आयोजक ब्राण्डरुट इन्टरटेनमेन्ट प्रालीले एक विज्ञप्ती जारी गर्दै अवार्ड वितरण मिति सार्वजनिक गरेको हो ।

चलचित्र लोक, आधुनिक, लोकदोहोरी लगायत गीतसंगीतका गीत, गायक, गायिका, म्युजिक भिडियो, मोडल, निर्देशक, संगीत, शब्द लगायत अवार्डमा बिभिन्न ४४ बिधा समेटिएका छन् । हरेक बिधाको उत्कृष्ट ५ मनोनयन भने केही दिन अगाडि सार्वजनिक गरिएको थियो ।

अवार्ड निश्पक्ष बनाउने उदेश्यले कार्यक्रम अगाडि आयोजकले जुरी सदस्य भने सार्वजनिक गरेको छैन । ४० प्रतिशत भोटिङ, ५० प्रतिशत निर्णायक र १० प्रतिशत आयोजकको नम्बरको आधारमा अवार्डमा विजेता छानिने कार्यक्रमका निर्देशक सुनिल बिसीले जानकारी दिए ।

भब्य सांगीतिक माहोलकासाथ जमलस्थित राष्ट्रिय नाचघर जमलमा आयोजना हुने अवार्डको उदेश्य गीतसंगीतको संरक्षण, त्यसका स्रस्टालाई सम्मान र प्रोत्सान रहेको आयोजकले जनाएको छ ।