स्वार्थी ध्रुवले ल्याए पाउनु मात्र हाईन माया


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ असार

गीतकार तथा गायक स्वार्थी ध्रुवको नयाँ गीत ‘पाउनु मात्रै होइन माया’ को भिडियो दर्शकमाझ आएको छ । आईतबार काठमाडौंमा एक समारोहबीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियो स्वार्थी ध्रुव अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । तीन दशकभन्दा बढी समयदेखि गीत लेखनमा सक्रिय गीतकार स्वार्थी ध्रुवले तीन सय बढी गीत लेखिसकेका छन् । उनी पेशाले अधिवक्ता हुन् ।

गीतमा उनकै स्वर र संगीत रहेको छ । यो गीतलाई सचिन सिंहको सँगीत संयोजना र र प्रकाश पन्तले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । भिडियोमा दिक्पाल कार्की, एसराज गराच र साक्षी लम्सालले अभिनय गरेका छन् । त्रिकोणात्मक प्रेमकथा बोकेको गीतको भाव अनुसारकै भिडियो तयार गरिएको छ ।

गीतको भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् । जसमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र रंग सँयोजन, जया शर्माको क्रिएटिभ निर्देशन र दीपेन गौतम माइकलको प्रोडक्सन डिजाइन छ ।