प्रियँका रानीले जितिन् मिस नेपाल वल्र्डको ताज


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ असार

आफ्ना २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै यस वर्षको ‘मिस नेपाल वल्र्ड–२०२२’को उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले जितेकी छिन् । ललितपुरको गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा शनिबार साँझ आयोजना गरिएको अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई उत्रिएका थिए ।

जसमध्यबाट प्रियँकाले यस पटकको मिस नेपाल वल्र्डको ताज जितेकी हुन् । अब उनले आगामी डिसेम्बरमा हुने मिस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएकी छिन् ।

उ बिगत दुई वर्ष कोभिडको कारण भौतिक दुरी कायम गर्दै मिस नेपाल वल्र्डको चयन गरिएको थियो । यसपटक कोरोनाको कहर काम भएपछि मिस नेपालको चयन विशेष कार्यक्रम बीच गरिएको हो ।

यो प्रतियोगितामा मिस नेपाल अर्थ २०२२ को उपाधि सरिशा श्रेष्ठले हाँसिल गरिन् । यस्तै मिस नेपाल इन्टरनेशनल २०२२ को उपाधि न्यान्सी खड्काले प्राप्त गरिन् ।

विभिन्न क्षेत्रका ११ जना निर्णायक रहेको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा अन्य ९ वटा सव टाईटलको पनि बिजेता घोषणा गरियो ।