काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’को लागि फिल्म आह्वान


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० जेठ

‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैठौं संस्करण आयोजना हुने भएको छ । छायाँछबी क्रियसनले नियमित रुपमा आयोजना गर्दै आइरहेको छोटा चलचित्रहरुको महोत्सबको लागि आयोजक पक्षले फिल्म मागरेको छ । यो फेस्टाका लागी २०७९ असार २६ गतेसम्म दर्ता गरी सक्नुपर्ने आयोजक संस्था छायाँछबिले जनाएकोे छ । ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ मा छोटा चलचित्र एवं छोटा बृत्तचित्रले भाग लिन पाउने छन् । छोटा चलचित्र एवं छोटा बृत्तचित्रको अवधी २ मिनट देखी ५९ मिनट भित्रको हुनुपर्नेछ ।

नेपालमा पछिल्लो समय छोटा चलचित्र एवं बृत्तचित्रको निर्माण बढेको छ । छोटा चलचित्र एवं बृत्तचित्र उत्कृष्ट गुणस्तर र प्रविधिमा निर्माण हुन पनि थालेका छन् । यस्ता चलचित्र एवं बृत्तचित्रलाई उचित स्थान दिँदै दर्शकसम्म पु¥याउन र अझै गुणस्तरयुक्त निर्माणमा सघाउ पुराउन फेस्टा आयोजना गररिहेको फेस्टा एवं छायाँछबिका अध्यक्ष शान्तिप्रियले बताए ।

नेपाली छोटा बृत्तचित्र एवं चलचित्रले अन्तराष्ट्रिय महोत्सबमा अवार्ड प्राप्त गर्ने क्रम बढेको छ । त्यस्ता वृत्तचित्रलाई स्वदेशमा समेत प्रोत्साहन गरिन पर्छ भन्ने पनि फेस्टाको उद्येश्य रहेको छ । सोही कारण उत्कृष्ट छोटा सिनेमा तथा डकुमेन्ट्रीलाई अवार्डमा पुरस्कृत सम्मानीत गरीन लागीएको हो ।

फेस्टामा सहभागी चलचित्रलाई बेष्ट सर्ट फिल्म (फिक्सन), बेष्ट सर्ट फिल्म (फिक्सन) निर्देशक, बेष्ट सर्ट फिल्म (डकुमेन्ट्री), बेष्ट सर्ट फिल्म (डकुमेन्ट्री) निर्देशक, बेस्ट कन्सेट÷स्कृप्ट, बेष्ट बायोपिक डकुमेन्ट्री, जुरी अवाड, पब्लिक च्वाईस अवार्ड, बेष्ट म्यासेज फिल्म, इनकरेजमेन्ट अवार्ड आदी बिभीन्न बिधामा अवार्ड प्रदान गरिनेछ ।

यी मध्ये बेष्ट सर्ट फिल्म (फिक्सन) र बेष्ट सर्ट फिल्म (डक्युमेन्ट्री)लाई क्रमशः ट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ प्रदान गरिने छ । बाँकी विधामा भने ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।