उत्कृष्ट ४२ विधामा स्टार म्युजिक भिडियो अवार्ड प्रदान

ब्युटी न्युज नेपाल
काठमाडौं, २९ जेठ

काठमाडौंमा ‘स्टार म्युजिक भिडियो अवार्ड २०२२’ सम्पन्न भएको छ । विभिन्न उत्कृष्ट ४२ विधा तथा जुरी र पपुलर विधामा अवार्ड प्रदान गर्दै यो अवार्ड सम्पन्न भएको हो । अशोक विकको अध्यक्षतामा अभिनेत्री दिपासा बिसी, प्रशान्त आग्रे, मदन गजमेर, रमेश थापा, गोपाल थापा र केशव कार्कीको टिमले यो अवार्ड आयोजना गरेको हो ।

यो अवार्डको निर्णायकमा म्युजिक भिडियो निर्देशक उज्ज्वल केसी, कोरियोग्राफर कविराज गहतराज र सँगीतकार करण रहेका थिए ।

पूर्व खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यतामा यो अवार्ड सम्पन्न भएको हो । गीत संगीत क्षेत्रमा लामो योगदान दिएको भन्दै अवार्ड प्रदान समारोहमा लोक दोहोरी गायक कृष्णा कँडेल, राजु परियार, बाद्यबादक खर्क बुढा, लोक दोहोरी गायिका लक्ष्मी न्यौपाने, गायिका सरिता भारतीलाई कार्यक्रममा सम्मानित गरियो । यस्तै सामाजिक अभियान्ता डिल्ली अधिकारी, नृत्य कलाकार विशाल स्याङजाली, कलाकार मधुर बस्नेत पनि कार्यक्रममा सम्मानित भए ।

सो अवार्ड समारोहमा आधुनिक गीत तर्फ प्रताप दासलाई तिमि छाउ गीतबाट उत्कृष्ट गायक र एलिना चौहानलाई ओखल ढिकी गीतबाट उत्कृष्ट गायिकाको अवार्ड प्रदान गरियो । यस्तै आधुनिक गायनमै जुरी अवार्ड शेरकेनीले प्राप्त गरे । आधुनिक संगीतकारको अवार्ड रोशन सिंहले हाँसिल गरे । सो कार्यक्रममा नव गायिका विधामा दिया पोखरेल उत्कृष्ट भईन भने कविता शिवाकोटीले आधुनिक गीत नव गायिका जुरी अवार्ड प्राप्त गरिन् ।

आधुनिक विधामै भिडियो तर्फ नृत्य निर्देशकको अवार्ड राहुल बराईलीले, महिला मोडलको अवार्ड जेविका कार्कीले, उत्कृष्ट म्युजिक भिडियो छायाँकारको अवार्ड नवराज उप्रेतीले प्राप्त गरे । यस्तै आधुनिक गीत म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड अर्जुन भुसालले, उत्कृष्ट भिडियो सम्पादकको अवार्ड मिलन विश्वकर्माले र भिडियो सम्पादकको जुरी अवार्ड वीरबहादुर थारुले हाँसिल गरे ।

आधुनिक गीतको भिडियोमा उत्कृष्ट पुरुष मोडलको अवार्ड हरिश निरौला (कक्रोच)ले, नव मोडलको अवार्ड प्रकाश बस्नेतले, पपुलर नव मोडलको अवार्ड अनिल थापाले र मोडलको जुरी अवार्ड मुकुन्द भट्टले प्राप्तगरे । कार्यक्रममा उत्कृष्ट बाल कलाकारको अवार्ड सान्वी खतिवडाले चुमिन ।

यस्तै लोक पप विधामा गायकको अवार्ड सारनकोट गीतबाट प्रवीण भट्टले र यही विधाको जुरी अवार्ड सनम खतिवडाले पाए । लोक पप विधामा उत्कृष्ट पुरुष मोडलको अवार्ड प्रकाश श्रेष्ठले र पुरुष मोडलमै जुरी अवार्ड सुनिल गुरुङले, हाँसिल गरे भने  उत्कृष्ट  म्युजिक भिडियो निर्देशकको अवार्ड सुबोल थापाले पाए । उत्कृष्ट लोक साँस्कृतिक गीतको अवार्ड निशा गुरुङ श्रेष्ठले यही विधाको जुरी अवार्ड कालिका रोकाले हाँसिल गरे ।

स्टार म्युजिक भिडियो अवार्ड समारोहमा लोक दोहोरी विधामा उत्कृष्ट गायकको अवार्ड विछोड गीतबाट मानसिंह खड्काले र यही विधाको जुरी अवार्ड सविन गुरुङले हाँसिल गरे ।

उत्कृष्ट महिला लोक दोहोरी गायिकाको अवार्ड मेनुका सोनीले प्राप्त गरिन् । लोक दोहोरी गीत गायिकामै सन्ध्य परियारले पब्लिक च्वाईस अवार्ड, शान्ता थापाले जुरी अवार्ड र अँधेरीमा गीतबाट टिका पुनले लोक दोहोरी गायिका पपुलर अवार्ड हाँसिल गरे । उत्कृष्ट नव गायिकाको अवार्ड सुनिता तिमिल्सिनाले, उत्कृष्ट नव गायकको अवार्ड प्रवीण सापकोटाले, नव गायकको पपुलर अवार्ड सिद्धार्थ मगरले र जुरी अवार्ड कृष्ण लामिछानेले प्राप्त गरे ।

लोक दोहोरीमै खेम सेन्चुरीले उत्कृष्ट लय तथा नव तर्फ गोविन्द भण्डारीले उत्कृष्ट लय (नव)को अवार्ड जिते । उत्कृष्ट लोक दोहोरी गीतको अवार्ड आभास शताब्दीको जाडो भयो पछौरी गीतले हाँसिल गरेको सो कार्यक्रममा नव कलाकारको उत्कृष्ट गीत चौतारीमा बर्को भयो । कृष्ण स्वर्णकारले पनि नव कलाकारको अवार्ड पाए ।

लोक दोहोरी भिडियो मै सर्वोत्कृष्ट नृत्य तर्फ पुरुष मोडको अवार्ड ओबी रायमाझीले रम रम मरौटीबाट र प्रेम थापाले पपुलर मोडलको अवार्ड पाए । उत्कृष्ट महिला मोडलको अवार्ड रुबिना अधिकारीले हाँसिल गरिन् ।

लोक दोहोरी भिडियो मै अभिनय तर्फ उत्कृष्ट मोडलको अवार्ड आनन्द गुरुङले, पपुलर मोडलको अवार्ड निक शर्माले र जुरी अवार्ड सुनिल लामिछानेले हाँसिल गरे ।

म्युजिक भिडियो मोडलिङ अभिनय तर्फ उत्कृष्ट महिला मोडलको अवार्ड टिका जैसीले, नयाँ मोडल पुरुषको अवार्ड पदम बहादुर राना मगरले र जुरी अवार्ड गोविन्द बिवसले प्राप्त गरे । नव तर्फ उत्कृष्ट मोडल शर्मिला पुन मगरले र जुरी अवार्ड सुमित्रा गुरुङले पाए । नारायणी खत्री वर्षको सर्वश्रेष्ठ मोडल घोषित भए ।

यस्तै लोक दोहोरीमै म्युजिक भिडियो निर्देशकको जुरी अवार्ड दीपक अधिकारीले, कोरियोग्राफरको अवार्ड प्रबिन थापाले, छायाँकारको अवार्ड विजय लामाले, भिडियो सम्पादकको अवार्ड राजकुमार मगरले र भिडियो सम्पादक तर्फकै जुरी अवार्ड रबिन बीकेले प्राप्त गरे । यसै गरी उत्कृष्ट म्युजिक एरेन्जर विधाको अवार्ड तेजेन्द्र दुराले, लोक दोहोरीमै उत्कृष्ट रेकर्डिस्टको अवार्ड गोविन्द पराजुलीले, उत्कृष्ट म्युजिक भिडियो नव निर्देशकको अवार्ड रमेश बिके रसाइलीले पाए ।

मौलिक गीत तर्फ उत्कृष्ट मोडलको अवार्ड लक्ष्मी गुरुङले र जुरी अवार्ड बबिता गुरुङ (कुडुले)ले हाँसिल गरे । भाषाभाषी तर्फ उत्कृष्ट तामाङ गीत भिडियो निर्देशक अवार्ड देव दोर्जे लामाले, उत्कृष्ट तामाङ गीत भिडियो पुरुष मोडलको अवार्ड हेरुका लामा र महिला मोडलको अवार्ड सरिता रानाले तथा महिला मोडल जुरी अवार्ड ऋतु लामाले प्राप्त गरे । यस्तै मैथिली भाषा तर्फ उत्कृष्ट गायन अवार्ड रुपेश झाले हाँसिल गरे ।
उत्कृष्ट डान्स लिडरको अवार्ड नाथुनी जैशवालले र यही विधाको जुरी अवार्ड मोहन सुनुवारले पाए ।

म्युजिक भिडियोका प्राविधिक विधा तर्फ उत्कृष्ट पुरुष मेकअप आर्टिष्टको अवार्ड श्याम मल्लले र महिला मेक अप आर्टिष्टको अवार्ड सपना लम्सालले प्राप्त गरे । यस्तै सो समारोहमा उत्कृष्ट बाद्यबादनको अवार्ड दीपक कुमार थापाले र उत्कृष्ट गीत मिक्सिङको अवार्ड मनोज डँगोलले हाँसिल गरे ।

स्टर म्युजिक भिडियो अवार्ड प्रदान समारोहमा पूर्व मन्त्री तथा साँसद बिना मगरे विभिन्न व्यक्तिहरुलाई सम्मान प्रदान गर्दै यस्तो अवार्ड तथा सम्मानले सम्बन्धित श्रष्टालाई प्रेरणा मिल्ने बताईन् ।

समारोहमा अवार्ड आयोजक सँस्था ग्रेट नटराज फिल्म्स प्रा.लि.का अध्यक्ष अशोक विकले नेपाली गीत संगीत, म्युजिक भिडियोको प्रोत्साहन र श्रष्टाको सम्मानका लागि यो अवार्ड आयोजना गरिएको बताए ।

कार्यक्रममा टीका पुन सहित विभिन्न कलाकारले आफ्ना चर्चित गीत सुनाए । यस्तै विभिन्न कलाकारले नृत्य प्रस्तुत गरेर कार्यक्रमको रौनक बढाए ।