चलचित्र निर्देशनमा उत्रिए अभिनेता सरोज खनाल

ब्युटी न्युज नेपाल
काठमाडौं, २२ जेठ

अभिनेता सरोज खनालले चलचित्र निर्देशनमा हाल हालेका छन् । उनको निर्देशनमा नयाँ चलचित्र ‘बगान’ निर्माण भईरहेको छ । काठमाडौंमा आइतवार एक समारोहबचि यो चलचित्रको ‘इन्ट्रो टिजर’ र एउटा गीत ‘तिम्रो सुन्दर आँखा…’ सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको छ ।

यो चलचित्रमा सरोज खनालसँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलगायतको मुख्य भूमिका रहने छ । चलचित्रको निर्मातामा सुरेश वाग्ले छन् । जसमा गीत पनि वाग्लेकै छ । फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहने छ ।

चलचित्रको निर्माण आगामी दशैंमा सम्पन्न गर्ने त्यसपछि बिदेशमा रिलिज गरेर मात्र नेपाल प्रदर्शन गर्ने अभिनेता तथा यो चलचित्रको नव निर्देशक सरोज खनालले बताएका छन् । नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको चलचित्र ‘बगान’को कार्यकारी निर्माता अभिनेत्री करिश्मा मानन्धर हुन् ।