ब्युटी न्युज नेपाल
काठमाडौं, २१ जेठ

चलचित्र ‘सम्झना–बिर्सना’ अब ३१ असारमा रिलिज हुने भएको छ । को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यस अघि ६ जेठमा रिलिज गर्ने भनिएको यो चलचित्र स्थानीय निर्वाचनका कारण स्थगीत भएको थियो । अब भने यो चलचित्र ३१ असारमा देशभरका सिनेमा हलमा प्रदर्शन हुने यसका निर्माता अद्वितीय प्रधानले बताए ।

यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सुनील थापा, छुल्ठिम गुरुङ, शिषिर राणाको अभिनय छ । निर्देशक निमेषकै कथा,पटकथा रहेको चलचित्रको सम्वाद लेखनमा उनलाई अभिनेता राणाले सघाएका छन् ।

शिब ढकालले खिचेको चलचित्रका गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’ को सम्पादन छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व.बिशारद बस्नेत हुन् । चलचित्रको यसअघि ‘परेलीमा लुकाउछु’ बोलको गीत दर्शकमाझ आइसकेको छ ।

दार्जिलिङ, सिल्गुढी र सिक्कीमका रमणीय स्थानमा खिचिएको चलचित्र आरआर फिल्मस्ले बितरण गर्दैछ । निर्देशन निमेष प्रधानले गरेका हुन् । प्रमुख भूमिकामा रहेको चलचित्रमा अद्वितीय प्रधानको प्रस्तुति र रेबिका प्रधान निर्माता रहेका छन् । भरपुर मनोरञ्जनका साथै जीवनोपयोगी सन्देश समेत रहेको बताइने चलचित्रकोे नयाँ गीत केही दिनमै सार्वजनीक गर्ने तयारी निर्माण पक्षको छ ।