शमशेरको मुख्य अभिनेतासँगै निर्देशकमा पनि मनिष चयन


ब्युटी न्युज नेपाल
काठमाडौं, २० जेठ

यस अघि अभिनेताको रुपमा चलचित्र ‘शमशेर’मा चयन भएका मनिष राउतले नै सो चलचित्रको निर्देशन गर्ने भएका छन् । उनी सो चलचित्रबाट निर्देशनमा डेव्यु गर्दैछन् । निर्माण पक्षले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको छ ।

यो चलचित्रको मुख्य भूमिकामा अभिनेता सुनित थापा पनि थपिएका छन् । मनिष अहिले एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकको रुपमा काम गरिरकेका छन् । ओस्कार कलेजबाट सिनेमा निर्माणमा ब्याचलर गरेका उनले ‘शमशेर’को स्कृप्ट राम्रो भएकाले पनि आफुले निर्देशनमा डेव्यु गर्न लागेको बताएका छन् । आगामी दिनमा अभिनय र निर्देशनलाई समानन्तर रुपमा अगाडी बढाउने सोचमा राउत छन् । हाल सिनेमाको अभिनेत्री छनोट कार्य भैरहेकोले छायांकन मिति तय भएका छैन् ।

अभिनेत्री छनोट भएसँगै वर्कसप गरेर छायांकन सुरु गरिने अभिनेता राउतले बताए । सिनेमामा गौरव पहारी, हिमेश पन्त, सुमन गौतम, दिपक कोइराला, सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको पनि अभिनय रहनेछ । एक्सन जनरामा निर्माण गरिने सिनेमामा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको लगानी रहनेछ ।

सिनेमाको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ । सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने सिनेमामा राकेश दाहाल पोस्टर डिजाइनरका रुपमा रहेका छन् । सिनेमाका गीतमा अर्जुन पोखरेलको संगीत भर्नेछन् ।