सनिस र केशु बने ‘मिस्टर र मिस सुप्रानेसनल नेपाल २०२२’


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ जेठ

‘मिस्टर एण्ड मिस सुपरनेशनल २०२२’ को उपाधि सनिस श्रेष्ठ र केशु खड्काले जितेका छन् । आइतबार अबेर साँझ सोल्टी होटलमा आयोजित फाइनल स्पर्धामा श्रेष्ठले मिस्टर र खड्काले मिस तर्फको शिर्ष उपाधि हात परेका हुन् । विजेता दुबैले ७ लाख बराबरको पुरस्कार राशी र बिभिन्न गिफ्ट हात पारेका हुन् ।

एक भब्य समारोहका बीच आयोजित प्रतियोगीतामा मानस कुमार राई र अदीति अधिकारी फष्टरनर अप घोषित हुँदा अनिश कार्की र एरि तुलाधर सेकेन्डरनर अफ हुन सफल भए ।

सनुर्वी इन्टरनेशनल प्रा.लिको प्रस्तुति सनुर्वी फाइनरी मिस्टर एण्ड मिस सुपरनेशनल प्रतियोगीता ग्लोबल स्कुल अफ साइन्स र रिजभोल कस्मेटिकको प्रायोजन रहेको प्रतियोगीताको विजेता श्रेष्ठ र खड्काले जुलाईमा पोल्याण्डमा आयोजना हुने मिस्टर र मिस सुप्रानेसनलमा नेपालको प्रतिनिधत्व गर्नेछन् ।

प्रतियोगीताको निर्णायकमा भरो भार्गोस (मिस्टर सुपरनेसनल २०२१), एन्टोनियो पोर्सिल्ड (मिस सुपरनेसनल २०१९) र आन्द्रे स्ले (मिस सुप्रानेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर) डा. सन्तोष उपाध्याय राष्ट्रिय निर्देशक मिस्टर एण्ड मिस सुप्रानेसनल नेपाल, सोनना अमात्य ,किशोर महर्जन रहेका थिए ।

१०० बढी आवेदकको अडिसनबाट अन्तिस्पर्धाका लागि २० प्रतिस्पर्धी छानिएका थिए । छानिएका प्रतियोगीले फाइनल अगाडि फिटनेस राउण्ड, ट्यालेन्ट राउण्ड, स्विम वेयर राउण्ड र टप मोडल राउण्ड जस्ता विभिन्न राउण्डमा आफुलाई निखार्ने काम गरेका थिए ।
इमेज टेलिभिजनबाट प्रसारण भएको विवेक सिंह ठकुरी र रुविष्का श्रेष्ठको संचालन रहेको प्रतियोगीताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गरेका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय क्षेत्रबाट निर्णायकको पमा सहभागीले नेपालमा स्तरिय प्रतियोगिता आयोजना भएकोमा खुसी ब्यक्त गरे । उनीहरुले आफुलाई राम्रो कार्यक्रमको आयोजना गर्ने अवसर दिएकोमा खुसी ब्यक्त गर्दै सत्कार र हार्दिकताको पनि खुलेर प्रसंसा गरे । आउँदो दिनमा नेपालमा यस्तै प्रतियोगिता, प्रशिक्षण भएमा ग्राण्ड स्लाम् उपाधि नेपाल भित्रिने कुरामा दुईमत नभएको उनीहरुको भनाई रहेको थियो ।