खोजी सुरु भयो ‘मोडल हन्ट नेपाल’ को


ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ जेठ

‘मोडल हन्ट नेपाल’को सात संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले आइतबार एक बिज्ञप्ती जारी गर्दै ‘मोडल हन्ट नेपाल २०२२’ (नयाँ सेसन) का लागि आवेदन खुल्ला भएको जनाएको हो । प्रतियोगिताको अडिसन अगामी ४ असारदेखि साउनको अन्तिम सातासम्म हुनेछ ।

अडिसनबाट छानिएका प्रतियोगीले मात्र फाइनलमा सहभागी हुन पाउनेछन् । १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागीता जनाउन सक्ने प्रतियोगितामा युवाको हकमा कम्तीमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उँचाई हुनुपर्ने प्रावधान राखेको छ । आवेदन फर्म खल्ती एपबाट पनि भर्न सकिनेछ ।

उचित ज्ञान सहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने ब्यावसाहिक मोडल उत्पाद गर्ने उदेश्यले बिगत ७ बर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगीतामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकाश, शारिरिक बनावट, र्याम्प वाक, बडि ल्याङ्ग्वेज, फोटोशुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।

प्रतियोगिताको विजेताले शिर्ष उपाधिका साथमा नगद ५ लाख बराबरा उपहार सहित १ देखि १५ सेब्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तराष्ट्रिय मोडलिङ प्रतियोगीता ‘सुपर मोडल इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । विजेताले बिज्ञापन, म्युजिक भिडियो अभिनय अवसरको अलवा राष्ट्रिय तथा अन्तराष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।