१० असारबाट घनचक्कर


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ जेठ

सौगात मल्ल, सलोन बस्नेत, जेवी डिसी, प्रवण भुसाललगायतको मुख्य भुमिका रहेको नेपाली चलचित्र ‘घनचक्कर’को अब रिलिज हुने भएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै असार १० गतेबाट सिनेमा रिलिज हुने जानकारी दिएको छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको सिनेमामा करुना अर्याल र संगम भट्टको लगानी छ ।

यो चलचित्रको अन्य कलाकारमा सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, जनक घर्तीमगर, दामोदर पौडललगायत रहेका छन् ।

सिनेमामा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह–निर्माताको रुपमा रहेका छन् । सुसन प्रजापति खिचेको सिनेमामा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ । सिनेमालाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मसले वितरण गर्दैछ ।