ट्रेलरमा रुचाईयो लाइफ इन एलए


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ बैशाख

नेपाली चलचित्र ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ५५ सेकेण्ड लामो टेलरमा ब्यास, अकेशा र शिल्पाको प्रेममा आउने उतार–चढाव र विदेशमा बस्ने नेपालीको लाइफ स्टाइल समावेश गरिएको छ । यो फिल्मलाई ट्रेलरमा दर्शकले रुचाएका छन् ।

आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । जसमा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । सुर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमामा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ स्वर छ ।

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको सिनेमामा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । अमेरिकाको विभिन्न राज्यमा प्रदर्शन भैसकेको सिनेमालाई दर्शकले निकै रुचाएले नेपाली दर्शकबाट पनि राम्रो साथ पाउने विश्वास निर्माण टिमले राखेको छ ।
ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमालाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको सिनेमामा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । दीपक वली एसोसियट निर्देशक रहेको सिनेमाका प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुन् ।