साईको थ्रिलर कथा बोकेर आयो षट्कोण


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ बैशाख

अहिले निर्माण भईरहेको भन्दा केही फरक भनिएको चलचित्र चलचित्र षट्कोण आज शुक्रबार २३ बैशाखबाट मुलुकका ६ दर्जन भन्दा बढी सिनेमा हलमा रिलिज भएका छन् । फरक कथाबस्तु र प्रस्तुतिका कारण पछिल्लो समय चर्चामा रहेको यो चलचित्रलाई मिलन डि काप्रीले निर्देशन गरेको हुन् । उनले यही चलचित्रबाट नेपाली चलचित्रबृत्तमा निर्देशकको रुपमा डेब्यु गरेका छन् ।

‘साईको थ्रिलर जनरामा निर्माण भएको यो चलचित्रमा अहिलेको सिनेमा भन्दा केही फरक कथा हामीले प्रस्तुत गरेका छौं । जुन दर्शकका लागि नयाँ लाग्न सक्छ । ’ काप्रीले ब्युटी न्युज नेपालसँग भने । फिल्म षट्कोण सस्तो मनोरञ्जनको लागि निर्माण गरिएको चलचित्र नभएको पनि उनले जिकिर गरे ।

यो चलचित्रमा कार्म, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामालगायतको मुख्य भूमिका छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिको सम्पादन छ ।

६ जना पात्रको आ आफ्नै किसिमको भूमिका भएको र अपराध कथामा फिल्म केन्द्रित भएकाले यो चलचित्रको नाम षटकोण राखिएको पनि निर्माण पक्षको कथन छ ।