अभिनयमा जम्दै हेयर स्टाइलिस्ट सन्तोष राई


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ बैशाख

पेशाले हेयर स्टालिस्ट हुन मोडल सन्तोष राई । मोरङका सन्तोष बेलायतका सफल हेयर स्टाईलिस्ट हुन् । ६ वर्षदेखि बेलायतमा बस्दै आएका उनी म्युजिक भिडियो मोडलिङमा स्थापित हुँदैछन् । उनको अभिनयमा एक पछि अर्को म्युजिक भिडियो बजारमा आईरहेको छ ।

यस्तै क्रममा गायिका मिलन नेवारको स्वर रहेको ‘हाँस तिमी’ गीतको भिडियोमा सन्तोषले यतीबेला अभिनय गरेका छन् । गीतकार गीता गिरीको शब्द र विक्रम थापाको संगीत रहेको यो गीतको भिडियोलाई बेलायतमा छायाँकन गरिएको छ ।

विसन मानन्धरले संगीत संयोजन रहेको यो गीतको भिडियोमा मोडल सन्तोषले मोडलद सृजना सृजना निङ्लेखुसँग स्क्रिन शेयर गरेका छन् । यी दुईको केमेस्ट्रय यो म्युजिक भिडियोमा निकै जमेको छ । नेपालमा रहँदा देखि मोडलिङमा स्थापित भएकी सृजना विवाह पछि वेलायतमै वस्दै आएकी छिन् । आउँदा दिनमा पनि अरु म्युजिक भिडियोमा सन्तोष र सृजनाको जोडीले दर्शकले देख्न पाउने आशा गरौं ।

प्रवासबाट सर्वाधिक धेरै र स्तरिय भिडियो निर्माण गर्ने निर्देशकको परिचय बनाएका निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्र समेत छायांकन गरेका छन् । बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन् । भिडियोमा निर्देशक कुशलकै सम्पादन र छायांकन रहेको छ ।