ब्युटी न्युज नेपाल
काठमाडौं, २३ बैशाख

लोकप्रिय गायक सचिन रौनियार यतिबेला आफ्नो कालजायी गीत ‘छ भनुँ की छैन भनुँ’को भिडियो लिएर दर्शकमाझ आएका छन् । यस पटक पनि द कार्टुन क्रियसँग जोडिएर उनी भिडियो मार्फत दर्शकमाझ आएका हुन् ।

उनको यो गीतको भिडियोको काठमाडौं स्थित क्युज सिनेमा हलमा भव्य समारोहबीच शुक्रबार विभिन्न अग्रज कलाकारहरुबाट सार्वजनिक गरिएको छ । भिडियोलाई द कार्टुन क्रिउको युट्युव च्यानलबाट शुक्रबार रिलिज गरिएको छ । गीत र भिडियोले अहिले निकै राम्रो प्रतिक्रिया पाएको छ ।

गायक सचिन रौनियारकै स्वरमा २३ वर्ष अघि रेकर्ड भएर श्रोता माझ आएको यो गीतलाई अहिले फेरी उनकै स्वरमा रेकर्ड गरिएको हो । पुन सँगीत सँयोजन गरेर यो गीतलाई रेकर्ड गरिएको यसका संगीतकार न्ह्यु बज्राचार्यले कार्यक्रममा बताए । यो गीतलाई अहिले प्रकाश मिश्रले मिक्सिङ र अजय कार्कीले रेकर्डिङ गरेका हुन् ।

यो गीतको भिडियोमा बियोगान्त कथामा केन्द्रित छ । प्रेमिका गुमाएको प्रेमीले बदला लिएको कथा यसमा समेटिएको छ । जसमा द कार्टुन क्रिउका सरोज अधिकारी, आश्मा विश्वकर्मा र विभिन्न कलाकारको अभिनय रहेको छ ।

यस अघि कैयौं भिडियोमा नृत्य प्रस्तुत गर्दै आएका आश्मा र सरोज यसपटक नृत्यबाट निकै पर हटेर यस भिडियोमा ससक्त अभिनयमा प्रस्तुत भएका छन् । नृत्य कलाकारको रुपमा आफुहरुरलाई हेरे पनि यो गीतबाट दर्शकले आफुहरुको मूल्याँकन पूर्ण कलाकारको रुपमा गर्ने विश्वास आस्माले कार्यक्रममा व्यक्त गरिन् ।

गीतको भिडियोलाई सरोज र सरिन पोखरेलले निर्देशन गरेका हुन् । सँकल्प भुजेलको छायाँकन र सुरज अधिकारीको सम्पादन रहेको यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ ।

यस्तै अभिनेता मोडल सरोज अधिकारीले आफुहरु नृत्य जस्तै अभिनयबाट पनि दर्शकको मन जित्न सक्छौं भन्ने कुरालाई पुष्टी गर्न पनि यो गीतमा अभिनय गरेको बताए ।

सो गीतको लोकपर्ण समारोहमा बोल्दै यसका संगीतकार न्ह्यु बज्रचार्यले भने,‘अहिले गम्भिर भावको गीत के चल्लार जस्तो लागेको थियो । तर यो गीत पुन रेकर्ड गरेर भिडियो बनाएपछि यती राम्रो भयो की सबैले मन पराउनु भएको छ ।’ अग्रज गीतकार भिम विरागले लेखेको यो गीतको सँगीत आफुले १० मिनटमै त्यतिबेला ट्युनिङ गरेको पनि उनले सुनाए ।

तीन दशक भन्दा लामो समयदेखि गायनमा सक्रिय सचिनले यो गीतको बारेमा भने,‘हुन त म सँग डान्सिङ प्याटनको रोमान्टिक नयाँ गीत थियो, तर पनि सरोज र आस्माले यो गीत सुनेपछि यसमै भिडियो बनाउने चाहना व्यक्त गरे ।’ सोही कारण २३ वर्षपछि यो गीतलाई पुन सँगीत सँयोजन र रेकर्डिङ गरेर श्रोतामाझ ल्याएको गायक रौनियारले बताए ।

अग्रज गायक सँजय श्रेष्ठले गीतको भिडियो रिलिज समारोहमा बोल्दै धेरै अघि सुनेको यो गीत अहिले फेरी रेकर्ड भएर आउँदा अझ मिठो बनेको बताए । गायनमा सचिनले दिएको निरन्तता लोभलाग्दो भएको उनले प्रकाश पारे ।

कार्यक्रममा गीतकार तथा सञ्चारकर्मी नरेश भट्टराईले गायक सचिन रौनियारको गायन यात्राबारे कार्यक्रममा प्रकाश पारेका थिए । समारोहमा बरिष्ट सँगीतकार शुभ बहादुर सुनाम, ड्रमर देव राना, अग्रज गायिकद्धय सुक्मित गुरुङ, देविका बन्दना, नायिकाद्धय शनी रौनियार, रोशनी केसी, गायकहरु जेम्स प्रधान, गणेश थापा, सुनिल उप्रेती, कविन्द्र श्रेष्ठ, शशी गुरुङ, चलचित्र निर्देशक मिलन चाम्स, सुब्रतराज आचार्य, एरेन्जर भुपेन्द्र बज्राचार्यलगायतका विभिन्न अतिथिहरु थिए ।