रोजीलाई सुन सानो कथा भन्दै अभिनेता आर्यन


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ बैशाख

बिनोद ढकाल र अस्मिता अधिकारीको स्वरमा नयाँ गीत सुन सानो कथा…भिडियो सार्वजनिक गरिएको छ । भिडियो राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।

गीतमा शब्द तथा संगीत बिनोद ढकालको रहेको छ । गीतको संगीत संयोजन प्रमोद परियारले गरेका हुन्।

एम्सन इन्टरटेन्टमेन्ट र ओएमजी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको भिडियोको निर्देशन जनकदीप पराजुलीले गरेका हुन् । क्रियटिभ हेड चलचित्रकर्मी भानु प्रताप रहेका छन् ।

भिडियोमा अभिनेता आर्यन सिग्देल,मोडल रोजी पन्तको अभिनय छ । भिडियोको निर्मातामा सरस्वती गौतम, सृजना ल्वागुन र भिमराज रसाइली रहेका छन् । अमर रसाइली प्रस्तुतकर्ता रहेको भिडियोमा मायाप्रेममा बिछोडको कथालाई देखाईएको छ ।

सागर प्रधानले छायाँकन गरेको भिडियोको सम्पादन भरत रेग्मीले गरेका छन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।