भिडियोमा आयो तेजवतीको यो माँ जित


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ बैशाख

गायिका तेजवती जोशीको नेपाल भाषाको नयाँ गीत ‘यो माँ जित…’को भिडियो दर्शकमाझ आएको छ । आईतबार काठमाडौंमा एक समारोहबीच नेपाल भाषाका अग्रज गायक भृगुराम श्रेष्ठले यो गीतको भिडियो सँग्रह बिमोचन गरे । यो गीतमा संगीत तथा संगीत सँयोजन बरिष्ट संगीतकार जुगल डँगोलको रहेको छ ।

यो गीत हरीराम महर्जन ‘थेचो’ले लेखेका हुन् । आर्टोम्युज स्टुडियो पुतली सडकमा रेकर्डिङ गरिएको यो गीत रोमान्चक शैलीको छ । यो गीतको भिडियोलाई प्रदीप खड्गीले निर्देशन गरेका हुन् । भिडियोमा अनु खडका, शशु राजकर्णिकार, शखा राजकर्णिकार, सौम्या सिंहलगायतको अभिनय रहेको छ ।

योगेन्द्र राजकर्णिकारको प्रस्तुति रहेको यो गीतको भिडियो रमाईलो बनेको छ । नायिकाले आफुलाई केटा हेर्नु पर्दैन र आफुले केटा हेरिसकेको प्रसँग यो गीतबाट प्रस्तुत गरेकी छिन् ।