चलचित्र ‘षट्कोण’को शिर्ष गीत रिलिज

ब्युटी न्युज नेपाल
काठमाडौं, २० बैशाख

यही २३ बैशाख शुक्रबारबाट मुलुकका सिनेमा हलमा रिलिज हुने चलचित्र ‘षट्कोण’को अहिले व्यापक प्रचार प्रसार भईरहेको छ । रिलिजको पूर्व सन्ध्यामा यो चलचित्रको शिर्ष गीत यतीबेला रिलिज गरिएको छ ।

बिशेष पाण्डे र बिराज गौतमले लेखेको तथा संगीत गरेको यो गीत बिराजकै स्वरमा रहेको छ । चलचित्रका मुख्य अभिनेताले कार्मलाई यो गीतको भिडियोमा देख्न पाईन्छ । एउटा हत्याको बारेमा अभिनेता कार्मले गरेको अनुसन्धान यो गीतमा उतारिएको छ ।

यो चलचित्रमा कर्मासँगै भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामा लगायतको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ ।

यो चलचित्रलाई मिलन डि काप्रीले निर्देशन गरेका हुन् । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा अरु भन्दा केही फरक कथामा तयार गरिएको निर्देशक काप्रीले बताएका छन् ।