पालुङटार वडा नं. १० की वडा अध्यक्ष उम्मेदवार सरस्वतीको यस्तो छ चुनावी योजना


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ बैशाख

अहिले देशभर चुनावको माहौल तातिरहेको छ । यसै क्रममा गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. १० मिरकोटबाट वडा अध्यक्षमा नेतृ सरस्वती भारतीले उम्मेदवारी दिएकी छिन् । उनले नेपाली काँग्रेस पार्टी (बिपी)बाट वडा अध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।
उनी सो क्षेत्रमा बिगत दुई दशकभन्दा लामो समयदेखि राजनीतिसँगै सामाजिक कार्यमा सक्रिय छिन् । सरस्वतीले यस अघि सो क्षेत्रमा विभिन्न विकाशका कामहरु गरेर आफुलाई प्रमाणित गरिसकेकी छिन् । सुरुका दिनमा बिजुली, पानी, बाटोघाटोको समस्या रहेको बेला उनले पहिलो पटक गाउँमा महिला समुह गठन गरिन् । शान्ति महिला बचत तथा ऋण सहकारी संस्था गठन गरेर सो संस्था मार्फत उनले आफ्नो पहलमा गाउँमा बिजुली भित्राईन् ।

त्यसपछि तात्कालिन मिरकोट गाविसको ९ वटै वडालाई समेटेर बृहत रुपमा सहकारी संस्था गठन गरेर विभिन्न किसिमका तालिमहरु दिलाईन् । सो क्रममा मिरकोटमा उनकै पहलमा पौढ शिक्षा, च्याउ खेती, सिलाई कटाई तालिम, बाख्रा पालन, प्राकृतिक मल खाद निर्माण तालिमसहित कृषीका विभिन्न तालिमहरु उनकै पहलमा गराईएको थियो । यस्ता तालिमबाट त्यहाँका महिलाहरुले रोजगारी पाउनका साथै आर्थिक सम्पन्नता हाँसिल गरेका थिए ।

यस्तै नेतृ सरस्वती भारतीकै पहलमा सडक निर्माण, पुल पुलेसो, नहर निर्माण, टोल टोलमा खाने पानी व्यबस्था जस्ता कार्यहरु पनि यस अघि सम्पन्न भईसकेका छन् । स्थानीय महिलाहरुलाई अझ स्वावलम्ब बनाउन उनकै पहलमा सामुहिक रुपमा फुलखेती, अदुवा खेती सहित विभिन्न कृषी उब्जनी परियोजना पनि निरन्तर सञ्चालन भईरहेको छ । यस्तो कार्यले गर्दा त्यहाँका विपन्न महिलाहरुलाई सहजै ऋण उपलब्ध हुनुका साथै राम्रो आय आर्जन पनि भएको छ ।

राजनीतिमा लाग्दा शिक्षाको पनि त्यत्तिकै महत्व हुन्छ भन्ने कुरालाई मनन गर्दै आफ्ना छोराछोरीलाई एसएलसी उतिर्ण गराएपछि उनी सरकारी स्कुलमा ३ कक्षामा भर्ना भईन् । उनले त्यसपछि लगातार स्कुल गएर ७ कक्षासम्म उतिर्ण गरिन् । वडाको हक हितका लागि आफुले थुप्रै योजनाहरु तयार गरेको उनले बताएकी छिन् ।

यसरी मिरकोट क्षेत्रमा विभिन्न योगदान दिँदै आएकी सरस्वती भारती यसपटक नेपाली काँग्रेस पार्टी (बिपी)बाट पालुङटार नगरपालिका वडा नं. १० को वडा अध्यक्ष उम्मेदवार बनेकी छिन् । सो वडाको विकाशका लागि अझै धेरै काम गर्नकै लागि आफु वडाबासीसँगै रहेकाले आफुलाई करुवा चुनाव चिन्हमा भोट दिएर धेरै भन्दा धेरै मतले जिताउन सरस्वती भारतीले वडा नं. १० का सम्पूर्ण मतदाताहरुलाई अनुरोध गरेकी छिन् ।