उषाले खोलिन आरयु क्रियशन हाउस


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ बैशाख

फेसन डिजाइनर उषा राईले इमाडोलमा ‘आरयु क्रियशन हाउस’ सञ्चालनमा ल्याएकी छिन् । सो बुटिकको शनिबार अभिनेत्री तथा गायिका विष्णु चेम्जोङ, गीतकार तथा मोडल दर्पण राई, कोरियोग्राफर विपना थापा र गायिका सुजिता योञ्जनले संयुक्तरुपमा रिवन काटेर उद्घाटन गरे ।

बुटिक उद्घाटनपछि अभिनेत्री विष्णुले आफू फेसनेवल नभएपनि बुटिकको संख्या थपिनु खुसीको कुरा भएको बताइन् । फेसन डिजाइनर एवं आरयु क्रियशन हाउस’की सञ्चालन उषा राईलाई शुभकामना दिइन् ।

यस्तै, गीतकार दर्पण राईले आफू फेसन कन्सेस भएर पनि पुरुषलाई भन्दा महिलाका लागि बुटिक आवश्यक रहेको बताए । बुटिकको उद्घाटनपछि दर्पणले भने, ‘पुरुषलाई भन्दा महिलाका लागि बुटिक आवश्यक छ किनकि हामीलाई भन्दा महिलाहरुलाई राम्रो बन्नुपर्छ ।’
कार्यक्रममा ‘भ्वाइस अफ नेपाल’ रियालिटी शोमार्फत गायनमा उदाएकी सुजिताले उषा राईलाई शुभकामना दिँदै भनिन्, ‘फेसनको बजार बढिरहेका बेला आरयु क्रियसन थपिएको छ । यो खुसीको कुरा हो । फेसन पारखीहरुको माग यो बुटिकले पूरा गर्न सकोस्, शुभकामना छ ।’

फेसन डिजाइनर उषाको राईको यो पहिलो अनुभव हो । यसअघि विभिन्न व्यवसायी गर्दै आएकी उषाले आईआईएफटीबाट फेसन डिजाइनरमा डिप्लोमा गरेपछि बुटिकमा हात हालेकी हुन् । कार्यक्रममा आईआईएफटीका प्रबन्ध निर्देशन तेन्जिङ शोर्पालगायत विभिन्न फेसन पारखीहरुको उपस्थिति थियो ।