ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२ का बिजेताबाट आर्थिक सहयोग


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ बैशाख

ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२ का वितेजाहरुले क्यान्सरका बिरामीहरुलाई आर्थिक सहयोग गरेका छन् । यो उपाधि जितेपछि सामाजिक सेवामा उत्रने प्रतिवद्धता जनाए अनुसार उनीहरुले यस्तो सेवा गरेका हुन् । लायन्स क्लब अफ काठमाडौं, अभियानकी चर्टर प्रेसिडेन्ट सोनी कारंजितको आयोजनामा काठमाडौंको थानकोट स्थित क्यान्सर केयर सेन्टर (हस्पिस) पुगेर उनीहरुले त्यहाँ रहेको विपन्न विरामीहरुलाई आर्थिक सहयोग गरेका हुन् ।

लायन्स ३२५ एलबीका गर्भनर मनिरत्न बज्राचार्यको प्रमुख आतिथ्यमा सम्पन्न सो सहयोग कार्यक्रममा ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२ सिजन ४ की फस्ट रनरअप गीता कुमारी आले मगर, मल्टिमिडिया तथा फोटो जेनिक अवार्ड बिजेता रन्जिता थापा, म्यानेजमेन्ट च्वाई अवार्ड बिजेता सृजना कुँवार, पब्लिक च्वाईस अवार्ड बिजेता रमा गुर्माछानले आर्थिक सहयोग प्रदान गरेका हुन् ।

ब्युटिसियन प्रजु प्रजिताले दुबईबाट पठाएको आर्थिक सहयोग पनि अभियानका तर्फबाट हस्पिसमा प्रदान गरियो । आफुहरुले हस्पिसमा आएर नियमित सहयोग प्रदान गरिरहेको लायन्स क्लब अफ काठमाडौं अभियानकी चार्टर चेयरपर्सन सोनी कारँजितले बताईन् ।

यस्तो सहयोगले पीडितहरुलाई सेवा मिल्नुका साथै सेवा भाव भएकाहरुलाई सामाजिक कार्य गर्न थप प्रेरणा मिल्ने लायन्स ३२५ एलबीका गर्भनर मनिरत्न बज्राचार्यले सो क्रममा बताए ।

लायन्स क्लब अफ काठमाडौं अभियानकी अध्यक्ष सोनी कारंजित सहित सोही क्लबका सुन्दर थापा, सुनिल गुरुङ, मिना पौडेल लगायतका लायनहरु पनि सो कार्यक्रममा सहभागी थिए ।